२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

काभा महिला च्यालेन्ज कप : नेपालको सुखद् सुरुवात

काठमाडौँ- सोमबारबाट नेपालमा सुरु भएको काभा महिला च्यालेन्ज कप प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।​ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

घरेलु कोर्ट र समर्थकका साथ पाएको नेपालले सुरुवातबाट नै किर्गिस्तानलाई दबाबमा राख्दै खेलेको थियो । सो क्रममा नेपालले किर्गिस्तानमाथि पहिलो सेट २५–११ ले पक्षमा पारेको थियो । दोस्रो सेटमा केही सुधारिएको खेल देखाएपछि किर्गिस्तानमाथि नेपाल हाबी नै रह्यो ।  २५–१९ ले पक्षमा पार्दै २–० ले अगाडि बढेको नेपालले तेस्रो सेटमा २५–११ ले आफ्नो बनाउँदै पहिलो खेलमा सुखद् सुरुवात गरेको हो ।

जित सँगै समूह ए मा रहेको नेपालले स्पष्ट तीन अंक जोडेको छ । किर्गिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब नेपालले दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ ।

यस्तै च्यालेन्ज कपको समूह ‘बी’ मा उज्वेकिस्तान र समूह ए अन्तर्गतको खेलमा भारतले विजयी सुरुवात गरेका छन् । कभर्ड हलमा भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दा भारतले पनि बंगलादेशलाई सोझै सेटमा स्तब्ध बनायो ।

पहिलो सेटमा २७–२५ को प्रतिष्पर्धात्मक जित निकालेको उज्वेकिस्तानले दोस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो । पहिलो सेटमा कठिन चुनौती दिएर पनि जित्न नसकेको श्रीलंकाले त्यसपछि पुनरागमन गर्न असफल भएको थियो । श्रीलंकाविरुद्ध हाबी बनेको उज्वेकिस्तानले तेस्रो सेटमा २५–१३ को सहज जित निकाल्दै प्रतियोगितामा राम्रो शुरुवात गरेको हो । यस्तै, भारतसामु निरीह बनेको बंगलादेश २५–३, २५–९ र २५–६ को सेटमा पराजित भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com