२०८१ जेष्ठ २ - Wed May, 2024 -

Janasewa News

वर्षाका कारण नेपाली महिला क्रिकेट टिमले गुमाएको अवसर

काठमाडौँ- हङकङमा जारी एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै नेपाल बाहिरिएको छ । समूह ‘ए’ अन्तर्गत शनिबार आयोजक हङकङ र नेपालबीचको खेल वर्षाका कारण हुन नसकेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

नेपालले समूह चरणमा तीनमध्ये एक खेलमात्र खेल्न पायो । बाँकी दुई खेल वर्षाका कारण हुन नसकेपछि नेपालले दुवै खेलमा अंक बाँड्नुपरेको थियो । नेपालले जुन १३ मा भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनको झिनोअन्तरको पराजय भोगेको थियो ।

त्यसपछि नेपालले जुन १५ मा दोस्रो खेलमा उपाधि दाबेदार भारत ‘ए’ विरुद्ध खेल्ने तालिका रहे पनि नेपाल र भारतबीचको खेल वर्षाका कारण प्रभावित भयो । क्रिकेटमा भारतविरुद्ध जुनसुकै स्तरमा नेपालले विरलै खेल्ने अवसर पाउँछ । तर वर्षाका कारण नेपालले त्यो अवसर गुमाउन पुग्यो ।

भारतविरुद्धको खेल वर्षाका कारण हुन नसकेपछि नेपाली महिला टिमले अंक त बाँड्यो तर भारतविरुद्ध खेल्ने अवसरबाट भने वञ्चित हुन पुग्यो ।

यता शनिबारका लागि तय भएको हङकङविरुद्धको खेल पनि नेपालले खेल्न पाएन । जसका कारण नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपालसँगै हङकङ पनि समूह चरणबाटै बाहिरिँदा भारत र पाकिस्तान भने अन्तिम चारमा प्रवेश गरेका छन्

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com