२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरूलाई पार्टीबाटै निष्कासन गर्न रविकाे चुनौती

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरूलाई पार्टीबाटै निष्कासन गर्न चुनौती दिएका छन् ।​

रास्वपा काठमाडौं निर्वाचन क्षेत्र नम्वर ७ को प्रथम क्षेत्रीय भेलालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै लामिछानेले आफ्ना सांसदको अडियो टेप सार्वजनिक हुने बित्तिकै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको भन्दै शरणार्थी प्रकरणमा जोडिएका सांसदहरूलाई पार्टीबाटै निष्कासन गर्न सम्बन्धित दललाई चुनौती दिएका हुन् ।

सिंहदरबार र बालुवाटारमा पैसा बुझ्नेहरू पूर्पक्षका लागि जेल चलान भएको अवस्थामा निर्वाचन क्षेत्रमा पुन: निर्वाचन हुने गरी निष्कासन गरे आफूहरू प्रतिष्पर्धामा उत्रने उनले बताए । उनले रास्वपाभित्र भ्रष्टाचार लगायतका क्रियाकलाप मात्रै नभई सपनामा पनि भ्रष्टाचार गरिएको देख्न पाउने छुट नरहेको उल्लेख गरे ।

लामिछानेले मुलुकमा भएका परिवर्तनको मानमर्दन गर्ने छुट कसैलाई पनि नभएको भन्दै जनताले चाहेको परिवर्तन बल्ल सुरु हुन लागेको बताए । त्यस्तै उनले देशका विभिन्न स्थानमा बजेको घण्टीको आवाज अव नरोकिने भन्दै आगामी निर्वाचन केन्द्रित कार्यक्रममा जुट्न आह्वान गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com