२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रदीप यादवको प्रश्न : कारागारलाई यातना गृह बनाउने हो कि सुधार गृह ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य प्रदीप यादवले कारागारलाई यातना गृह बनाउने हो कि सुधार गृह भनेर प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजित बजेट छलफलमा बोल्दै यादवले यस्तो प्रश्न उठाएका हुन् ।

‘कारागारलाई यातना गृह बनाउने हो कि सुधार गृह बनाउने हो ?’ उनले प्रश्न गर्दै भने, ‘वास्तवमा नेपाल सरकारको नीति कारागारलाई सुधार गृह बनाउने रहेको छ । कुनै पनि कैदीबन्दीलाई सुधारका लागि कारागारमा पठाउँछौँ । कैदीले सुध्रेर आएर आफ्नो नयाँ जीवन सुरु गर्छन् । तर, अहिलेको अवस्थामा कारागारहरू सुधार गृह छैनन् । यथार्थभन्दा अहिले कारागारको अवस्था यातना गृह जस्तै छ ।’

वीरगञ्ज कारागारको अवस्था अहिले एकदम जीर्ण रहेको र क्षमताभन्दा बढी कैदी राखिएको उनले बताए । कैदीहरूलाई शौचालय जान समेत समस्या रहेको उनको भनाइ छ । ‘त्यहाँको शौचालयको अवस्था पनि त्यस्तै छ,’ उनले भने, ‘विहान ४ बजेदेखि बन्दीहरू शौचालय जान लाइन लाग्छन् । दिसापिसाव पाइन्टमै गर्ने अवस्था छ ।’

सांसद यादवले गृहमन्त्रीलाई यसमा ध्यान दिन अनुरोधसमेत गरे । गृहमन्त्रालयले यस विषयमा बजेट नछुट्याएकोमा गुनासो समेत गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com