२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

विश्वकप छनोटः स्कटल्यान्ड र वेस्ट इन्डिज भिड्दै

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत आज सुपर सिक्सको एक खेल हुँदैछ । सुपर सिक्सअन्तर्गत वेस्ट इन्डिजले स्कटल्यान्डको सामना गर्दैछ ।

हरारे स्पोर्ट्स क्लबमा हुने स्कटल्यान्ड र वेस्ट इन्डिजबीचको खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।

वेस्ट इन्डिज समूह ‘ए’ मा तेस्रो भएर सुपर सिक्समा पुगेको हो भने स्कटल्यान्ड समूह ‘बी’ मा दोस्रो भएको थियो । स्कटल्यान्डलाई २ अंकको फाइदा समेत पुगेको छ ।

आजको खेलमा जित हात पारे वेस्ट इन्डिजको विश्वकप खेल्ने सम्भावना गणितीय रुपमा कायमै रहनेछ । यता स्कटल्यान्डलाई पनि विश्वकपको सम्भावना कायमै राख्न वेस्ट इन्डिजलाई पराजित गर्नुपर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com