२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

आयरल्याण्डसँग पराजित भएपछि नेपाल आठौ

काठमाडौं । जिम्बाव्वेमा भइरहेको आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल १० टिममध्ये आठौं भएको छ ।
सातौं स्थानको लागि मंगलबार भएको प्लेअफ खेलमा आयरल्याण्डसँग २ विकेटले पराजित भएपछि नेपाल आठौं भएको हो ।

छनोटको समूह चरणबाटै बाहिरिएपछि टेष्ट राष्ट्र आयरल्याण्डले सातौं देखि दशौँ स्थान सम्मको प्लेअफ खेल्नुपरेको थियो । प्लेअफ सेमिफाइनलमा आयरल्याण्डले अमेरिका तथा नेपालले युएईलाई पराजित गरेको थियो ।
टेष्ट राष्ट्र आयरल्याण्ड विरुद्ध नेपालले सम्हालिएर ब्याटिङ गर्दै २६८ रन बनाएको थियो । तर बलरले उक्त स्कोरलाई रक्षा गर्न सकेनन् ।

नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्याण्डले ४९.२ ओभर खेल्दै ८ विकेट गुमाएर पूरा गर्‍यो ।

आयरल्याण्डका लागि कर्टिस क्याम्पर र ह्यारी कटेक्टरले अर्धशतक प्रहार गरे । क्याम्परले ५९ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा सर्वाधिक ६२ रन बनाए । टेक्टरले ७६ बल खेल्दै ४ चौका र २ छक्का मदतमा ६० रन बनाए ।
जर्ज डकरेलले ३३ र लोर्कान टकरले २४ रन जोडे ।
नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५८ रन खर्चिए । एक वरष्पछि राष्ट्रिय टिममा खेलेका किशोर महतोले १० ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । गुल्शन झा र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

त्यसअघि हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले गुल्सन झाको अर्धशतक मदतमा पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २६८ रन बनाएको थियो ।

नवौँ नम्बरमा ब्याटिङ गरेका गुल्सनले अविजित रहँदै सर्वाधिक ५७ रन बनाएपछि नेपालले राम्रो स्कोर बनाएको हो । गुल्सनले ४२ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । उनले आठौं विकेटका लागि सन्दीप लामिछानेसँग ८० रनको साझेदारी गरे । नवौँ नम्बरमा ब्याटिङ गर्दै गुल्सन नेपालका लागि अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने ।
गुल्सनले एकदिवसीयमा नेपालका लागि तेस्रो अर्धशतक प्रहार गरेका हुन् ।

अर्जुन साउद भने अर्धशतकबाट २ रनले चुके । ८४ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरी ४८ रन बनाए ।

अर्धशतक नजिक पुगेर बउट भएका अर्का खेलाडी कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गरी ४४ रन बनाए ।

सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए ।

कप्तान रोहित पौडेलले २९ र भिम शार्कीले २० रन बनाए ।
आयरल्याण्डका लागि मार्क एडेर, ब्यारी म्याकार्थी, क्रेग योङले समान २ विकेट लिए । कर्टिस म्याम्पर, गारेथ डिलाने र एन्डी म्याक्रबिनले समान १ विकेट लिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com