२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

बराबरीमै रोकियो ब्राजिल र अर्जेन्टिना

ब्राजिल र अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा बराबरी खेलेका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनासँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य बने ।

आजको खेलमा ब्राजिलियन स्ट्राइकर नेयमार जुनियर भने मैदानमा उत्रिएका थिएनन् । प्रशिक्षणका दौराना नेयमारको देब्रे तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाएका हुन् ।

विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ भने अर्जेन्टिना समान खेलमा २९ अंक जोडेर दोस्रो स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com