२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटीको रोमान्चक जित

रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटीको रोमान्चक जित

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनल चरणको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ । गएराति भएको खेलमा सिटीले रियललाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा केभिन डे ब्रुएना, ग्याब्रिएल जेसस, फिल फोडेन र बर्नार्डो सिल्भाले गोल गरे । रियलका लागि करीम बेन्जेमाले दुई गोल गरे भने भिनिसियस जुनियरले एक गोल थपे ।

खेलको दोस्रो मिनेटमा नै ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ११औं मिनेटमा जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । बेन्जेमाले ३३ औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काए ।

५३औं मिनेटमा फिल फोडेन गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए । भिनिसियसले त्यसको दुई मिनेटमा गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए ।

७४औं मिनेटमा सिटीले सिल्भाको गोलमा ४–२ को अग्रता बनायो । तर ८२औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्दै खेल ४–३ को अवस्थामा ल्याए । एमेरिक लापोर्टले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रियलले पेनाल्टी पाएको थियो ।

अब दोस्रो लेग अर्को साता रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com