२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ०२ पैसा र बिक्री दर १३१ रूपैयाँ ६२ पैसामा तथा युरो एकको खरिद दर १४६ रूपैयाँ३७ पैसा र बिक्री दर १४७ रूपैयाँ ०४ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ९७ पैसा र बिक्री दर १७२ रूपैयाँ ७४ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१  रुपैयाँ रहेको छ भने  बिक्री दर ९०.९१  रुपैयाँ  , क्यानेडियन डलर एकको खरिददर  ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया  वन १०० को खरिदमा १० रूपैयाँ ३४ पैसा र बिक्रीदर  १० रूपैयाँ ३९ पैसामा किनबेच हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१२ रुपैयाँ तथा मलेसियन रिंगिट  एकको  खरिद  दर२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१२ रुपैयामा कारोबार गर्न सकिने जनाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com