२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

वेस्ट इन्डिजविरूद्ध भारत बलियो स्थितिमा

वेस्ट इन्डिजविरूद्धको दोस्रो टेस्टको तेस्रो दिनको खेल सकिदा भारत बलियो स्थितिमा छ। भारतले पहिलो इनिङ्ग्समा २०९ रनको अग्रता लिएको छ।

वेस्ट इन्डिज पहिलो इनिङ्ग्समा ५ विकेटको क्षतिमा २२९ रन बनाएर खेलिरहेको छ। वेस्ट इन्डिजका लागि कप्तान तथा ओपनर क्रियाग बाथवेटले ७५ रन जोड्दा अरु ब्याट्सम्यानले उल्लेख्न रन बटुल्न सकेका छैनन्। बलिङमा भारतका रविन्द्र जडेजाले २ विकेट लिइसकेका छन्।

त्यसअघि भारतले पहिलो इनिङ्ग्समा ४३८ रन जोड्यो। भारतका लागि विराट कोहलीले १२१ रन जोडे। उनले २०६ बलमा ११ चौका हिर्काए।

यस्तै कप्तान रोहित शर्माले ८० रन जोडे भने यसश्वी जैशवालले ५७ रन र रविचन्द्रन आस्विनले ५६ रन जोडे।

बलिङमा वेस्ट इन्डिजका केमार रोच र जोमेल वारिकनले ३-३ विकेट लिए

दुई टेस्टको सिरिजमा भारतले पहिलो खेलमा जित निकालेको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com