२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

पाँच किलो अफिमसहित कोहलपुरबाट तीन जना पक्राउ

नेपालगन्ज- बाँकेको कोहलपुरबाट पाँच किलो ३ सय ६८ ग्राम लागूऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्। कोहलपुर नगरपालिका वडा नम्बर–११ बसपार्कस्थित कोहलपुर कटेज रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर १०६ बाट ५ किलो ३६८ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

मंगलबार साँझ जुम्ला तिला गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय हरिप्रसाद भट्टराई, ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले ज नाएको छ।

इलाका इन्चार्ज सुन्दर तिवारीका अनुसार पक्राउ परेका तीनै जनाले लागूऔषध अफिम कारोबार गरिरहेका छन् भन्ने विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ तथा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाइ पक्राउ गरेको हो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com