२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

अर्थ मन्त्रालयमा अब सीसीटीभी क्यामेराको दृश्य ३ महिना सम्म सुरक्षित रहने

काठमाडौं । अर्थ मन्त्रालयमा जडित सीसीटीभी क्यामेराको दृश्य अब ९० दिनसम्म सुरक्षित रहने भएको छ ।

अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७९/८० मा कार्य सम्पादित विवरण अनुसार मन्त्रालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन जडान गरिएको सीसीटीभी क्यामेराको क्षमता बढाइएको छ । अब यस सीसीटीभीले जडान गरेको दृश्य ९० दिन सम्म रहने छ ।

यसअघि पूर्वअर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आर्थिक वर्षको बजेट निर्माणका दौरान अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयले ठूलो विवाद निम्तिएको थियो । सो बेला मन्त्रालयले १५ दिनको मात्र दृश्य सुरक्षित रहने भन्दै त्यस अगाडिको दृश्य हटिसकेको बताएको थियो ।

मन्त्रालयको यो भनाइको समेत ठूलो आलोचना भएको थियो । अहिले भने सीसीटीभी क्यामेराको क्षमता बढाइएको अर्थले उल्लेख गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com