२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ। परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।

‘अहिलेसम्म बैठक बस्ने नै भन्ने छ,’ उनले सेतोपाटीसँग भनिन्।

आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा सरकारले संविधानको उल्लंघन गरेको छ।

संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।

आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ। श्रेष्ठ वरीयताक्रममा अगाडि छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com