२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

लाओसमा डेंगु सङ्क्रमितको सङ्ख्या २०९३६ पुग्यो, १४ जनाको मृत्यु

लाओस- लाओसमा डेंगु ज्वरोका घटनाहरू जनवरीदेखि हालसम्म २० हजार ९३६ पुगेको छ ।  ती  सङ्क्रमित  मध्ये १४ जनाको मृत्यु भएको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको सूचना तथा शिक्षा केन्द्रले बिहीबार जारी गरेको प्रतिवेदनमा सबैभन्दा बढी ओडोम्क्से प्रान्तमा ४ हजार १६१, खम्मुआन प्रान्तमा ३ हजार ८२ र लुआङ प्राबाङ प्रान्तमा २ हजार २ सय ५० जनामा सङ्क्रमण देखिएको पाइएको छ ।

यसैगरी डेंगुका कारण बोलिखाम्क्से प्रान्तमा पाँच, सवान्नाखेत र लाओको राजधानी भेन्टियानमा दुई–दुई र ओडोम्क्से, खम्मुवान, जायाबोरी, अटापेउ र भेन्टियाने प्रान्तमा एक–एक गरी १४ जनाको मृत्यु भएको जानकारी गराइएको छ ।

विशेष गरी वर्षाको मौसममा डेंगु फैलाउने लामखुट्टे पानी जमेको ठाउँमा बस्ने गरेको पाइएको छ । लाओ स्वास्थ्य मन्त्रालयले देशव्यापीरूपमा सतर्कता अपनाउँन आग्रह गरेको छ ।  स्वास्थ्य अधिकारीहरू र चिकित्सकहरू परिचालित गरिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com