२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् ।

शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने बताएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने जिकिर गरे ।

गुरुङले सरकार मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध रहेको प्रष्ट्याए । बजारमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताए । उनले भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडि बढ्ने बताए ।

मन्त्री गुरुङले भने, ‘मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध छौं । सरकारको मिसन सुशासन कायम गर्ने हो । यो मुलुकमा सुशासन स्थापना गर्न र भ्रष्टाचार मुक्त बनाउनका लागि टिप्पणी उठाउनेहरूको हातमा मात्रै हतकडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्ने कुरामा हामी प्रष्ट हुनु आवश्यक छ । जसले टिप्पणी उठाउँछ, तीनका हातहरूमा हतकडी लगाउने र फेरि टिप्पणी उठाउन आदेश दिनेहरूलाई तिनै टिप्पणी उठाउनेहरूको हातमा हतकडी लगाउनेहरूलाई हतकडी लगाउने हातले फेरि आदेश दिनेहरूलाई सलाम ठोक्ने प्रवृत्तिको अन्त्य खोज्नुपर्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com