२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा आयुषको औसत प्रदर्शन

३ भदौ, काठमाडौं । हंगेरीको बुडापेस्टमा शनिबारदेखि सुरु भएको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली स्प्रिन्टर आयुष कुँवरले औसत प्रदर्शन गरेका छन् ।

शनिबार भएको पुरुष १०० मिटरको प्रारम्भिक चरणमा दौडिएका आयुषले निर्धारित दूरी ११.०७ सेकेण्डमा पूरा गरे । उनी आफ्नो हिट नम्बर २ मा चौथो स्थानमा रहे । उक्त हिटबाट मलेसियाका अजिम फामी (१०.२४) र बेलिजका ब्रेन्डन जोन्स (१०.९४) मुख्य हिट चरणका लागि  छनोट भए ।

हिटको प्रारम्भिक चरणमा दुरी पूरा गरेका २६ धावकमध्ये आयुष समग्रमा १५ औं स्थानमा रहे ।

प्रारम्भिक चरणका १०.९४ सेकेन्डअगाडि दुरी पार गर्ने १० खेलाडी मुख् यहिटका लागि छनोट भएका थिए ।

असारमा थाइल्याण्डमा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा पनि भाग लिएका थिए । जहाँ उनले ११.२० सेकेण्डमा दौड पूरा गरेका थिए । उनले एसियन च्याम्पियनसिपको भन्दा व्यक्तिगत समयमा केही सुधार गरेपनि नेपालको राष्ट्रिय कीर्तिमान तोड्ने धोको पूरा गर्न सकेका छैनन् ।

यस्तै उनको व्यक्तिगत उत्कृष्ट समय भने ११.०१ सेकेण्ड हो । गत मार्चमा अमेरिकाको पालो अल्टोमा भएको कार्डिनल क्लासिक, कोब ट्रयाक एण्ड फिल्डमा उनले उक्त समय निकालेका थिए ।

नेपालका लागि १०० मिटरमा राष्ट्रिय कीर्तिमान रामकृष्ण चौधरीको नाममा छ । उनले १९९९ मा काठमाडौंमै भएको आठौं सागमा १०.७१ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

अमेरिकामा बस्दै आएका आयुष उतैबाट वर्ल्ड च्याम्पियनसिपमा भाग लिन हंगेरी पुगेका थिए ।

वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा खेलाडी छनोट हुन नसकेको देशबाट एक खेलाडी वाइल्ड कार्ड इन्ट्रीबाट सहभागिता जनाउन पाइनेछ । त्यसै अनुसार नेपाल एथ्लेटिक्स संघले यस पटक पुरुष १०० मिटरमा आयुषलाई सहभागिता गराएको हो ।

पहिलो पटक वर्ल्ड च्याम्पियनसिपमा सहभागी भएका आयुषले उत्कृष्ट अनुभव भएको बताए । ‘एकदमै उत्कृष्ट अनुभव भयो । आज पानी परेकोले इभेन्ट केही ढिला सुरु हुँदा धक्का लाग्यो । वार्म अप गर्दा ह्यामस्ट्रिल अली बढी स्ट्रेच भएको जस्तो भइरहेको थियो । तर स्टेडियममा प्रवेश गर्ने बित्तिकै ब्लकमा बस्दा नै दुखेको सबै शरीरले आफै बिर्सियो ।’ हंगेरीबाट आयुषले अनलाइनखबरसँग भने ।

पहिलो पटक वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुँदा नर्भस पनि भएको बताउँदै उनले । उनले थपे, ‘देशको भार खेलाडीले बोकेको हुन्छ । त्यमसा पनि वर्ल्ड च्याम्पियनसिपको स्टेजमा ।’

उनले आफ्नो लक्ष्य ११ सेकेण्डमा पूरा गर्ने रहेपनि पूरा नभएको बताए । ‘मेरो लक्ष्य ११ सेकेण्डभन्दा कममा पूरा गर्ने थियो । ११.०७ सेकेण्ड आएर हल्का दु:खी छु । तर अफ सिजनमा आफूलाई कसरी सुधार गर्नुपर्छ पनि सिकेको छ  । अब एक साता पछि राष्ट्रिय खेलको लागि तयारी सुरु गर्नेछु,’ उनले भने ।

यस्तै आयुषले अन्तर्राष्ट्रिय प्रतियोगिताअघि नेपालमै धेरै प्रतियोगिताहरु हुनु जरुरी रहेको बताए । ‘पाठ चाहिँ धेरै सिकियो । सकेसम्म हाम्रो एथ्लेटिक्सलाई नै अन्तर्राष्ट्रिय एक्सपोजर चाहिन्छ । राष्ट्रियस्तरमा म्यारथन आयोजना गरेजस्तै नेपालमा नि राष्ट्रियस्तरमा एथ्लेटिक्स प्रतियोगिता गरिरहुनपर्छ । अनि बल्ला हामी ठूलो प्रतियवगितामा भाग लिनको लागि तयार हुन्छौँ,’ उनले थपे, ‘अनि मुख्य कुराचाहिँ हामीले एउटा व्यावसायिक पार्टनर बनाएर पारयोजन गराउन सक्यौं भने हाम्रो एथ्लेटिक्स खेललाई त्यही अनुसार अघि बढ्न सहयोग पुग्छ जस्तो लाग्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com