२०८१ जेष्ठ २ - Wed May, 2024 -

Janasewa News

बुधबार भरतपुरका केही स्थानमा विद्युत् अवरुद्ध हुने

चितवन- भरतपुरका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकाशचोकदेखि सिताराम चोकसम्म विद्युत् पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा भोलि दिनभर विद्युत् सेवा अवरुद्ध हुन लागेको हो । विद्युत् दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

११ केभी भृकुटी फिडरको क्यान्सर अस्पतालदेखि दक्षिणतर्फ विद्युत् सेवा अनियमितता हुने पौडेलले बताए । हाकिम चोकदेखि गितानगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडकको मापदण्डमा पर्ने पोल सार्न लागिएको हो । यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी रहेको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com