२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

वाग्नर समूहका प्रमुख चढेको विमान दुर्घटना हुँदा कहाँ थिए रूसी राष्ट्रपति पुटिन ?

मस्को- वाग्नरका नेता येवगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु हुँदा रुसी राष्ट्रपति भ्लादिमर पुटिन भने एक सांस्कृतिक कार्यक्रममा थिए ।

प्रिगोजिन भएको अनुमान गरिएको विमान दुर्घटनाको खबर बाहिर आएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाजी जर्मनीमाथि सोभियत युद्धको विजयको ८० औँ वर्षगाँठको अवसरमा कुर्स्कमा आयोजित कार्यक्रममा बोल्दै थिए।

१९४३ मा भएको युद्धलाई इतिहासको सबैभन्दा ठूलो ट्याङ्क युद्ध मानिन्छ।

पुटिनले विमान दुर्घटनाको उल्लेख गरेनन् तर उनले युक्रेनमा ‘बहादुर र दृढतापूर्वक लडिरहेका’ रूसी सैनिकहरूलाई श्रदाञ्जजली अर्पण गरे।

अघिल्लो दिन पुटिनले दक्षिण अफ्रिकामा ब्रिक्स शिखर सम्मेलनमा भाग लिएका थिए, जहाँ उनले युक्रेनमा युद्ध समाप्त गर्न प्रतिबद्ध रहेको बताएका थिए, जसको लागि उनले पश्चिमी राष्ट्रलाई दोष दिएका थिए।

विमान दुर्घटनामा वाग्नर ग्रुपका प्रमुख प्रिगोजिनसहित १० जनाको मृत्यु भएको छ । रुसको नागरिक उड्डयन एजेन्सीका अनुसार विमानमा सवार सबैको मृत्यु भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com