२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

एमाले गण्डकीले २५ करोड उठाएर भवन बनाउँदै

पोखरा- नेकपा एमाले गण्डकी प्रदेशले अत्याधुनिक भवन बनाउने भएको छ ।

बिहीबार बसेको एमाले गण्डकी भवन निर्माण कमिटीको बैठकमा प्रदेश इन्चार्ज एवम् पार्टी सचिव गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाए । त्यसका लागि २५ करोड संकलन गर्ने योजना रहेको बताए ।

विष्टले प्रत्येक पार्टी सदस्यबाट ५ सय उठाइने र सक्नेहरूले मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गरे । भवनमा सभा हल, पार्टी र जनसंगठनको कार्यालय रहने छन् ।

बैठकमा गण्डकीका नेताहरू उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ, खगराज अधिकारीले भवन बनाउन हरतरहले सहयोग गर्ने बताए । उनीहरूले यो अवसरमा पार्टीका सदस्यहरू, जनप्रतिनिधि, व्यवसायी र शुभेच्छुकले दिल खोलेर सहयोग गर्न आग्रह गरे ।

भवन निर्माणका लागि पहल लिएकामा इन्चार्ज गोकर्ण विष्टलाई धन्यवाद दिँदै बैठकमा सबै जिल्लाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्काे बैठकमा जिल्लागत जिम्मेवारी तोकिने जानकारी दिइयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com