२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

सचिव बढुवा सिफारिसमा दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेल

काठमाडौँ- सचिव बढुवा समितिले सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिव बढुवामा सिफारिस गरेको छ ।

गत भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल निवृत्त भएपछि रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

लोक सेवा आयोगको अध्यक्ष रहने बढुवा समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको आयोग स्रोतले बतायो । यसअघि गत असार १८ गते बसेको सचिव बढुवा समितिले घिमिरेलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो ।

पाँच सदस्यीय बढुवा समितिमा आयोगका अध्यक्षसहित आयोगकै सदस्य, मुख्य सचिव, सामान्य प्रशासन सचिव र एक जना विशेषज्ञ रहन्छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com