२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

कांग्रेस रुपान्तरण अभियानको दोश्रो चरणमा मदिरा सेवन गर्न नपाउने

काठमाडौं । नेपाली कांग्रेसभित्र संचालित रुपान्तरण अभियानको दोश्रो चरणको कार्यक्रम आइतबार काभ्रेको धुलिखेलबाट सुरु भएको छ। मंसिरमा हुने पार्टीको महासमिति बैठकलाई नीतिगत र सांगठनिक हिसाबले रुपान्तरणका मुद्दाका पक्षमा परिणामदायी बनाउने लक्ष्य बोकेको यो चरणको कार्यक्रम १६५ प्रतिनिधिसभा क्षेत्रमा पुग्ने  नेता मधु आचार्यले बताए ।

वीपी कोइरालाको जन्मजयन्ती पारेर राखिएको आजको कार्यक्रममार्फत अभियानमा संलग्न अभियन्ताहरुले आफ्नो ८ बुँदे आचारसंहिताको घोषणा गरेको उनले बताए ।

अभियानका क्रममा विभिन्न जिल्लाको भ्रमणमा जाँदा महंगो होटेलमा नबस्ने, पार्टी सदस्यहरुको घरपरिवारमा बस्ने, तडकभडक खर्चिलो यात्रा नगर्ने, माला खादाको प्रयोग नगर्ने, मदिरा सेवन नगर्ने, तोकिएको समयमै कार्यक्रम आरम्भ गर्ने, विषयकेन्द्रित मन्तव्य मात्र राख्ने तथा सम्बोधन संक्षिप्त गर्ने आदि आचारसंहितामा समेटिएका छन् ।

सहभागी सबैलाई सीके प्रसाई लिखित “आजको सरल राजनीति” र जिनाईन जातको केराको विरुवा हस्तान्तरण गरेर सुरु गरिएको कार्यक्रममा सहभागीहरुले पार्टी रुपान्तरण र पार्टीले अब अवलम्बन गर्नुपर्ने नीति एवं विधि सम्वन्धी कविता समेत वाचन गरेका थिए।

कार्यक्रमलाई केन्द्रीय सदस्य मधु आचार्य, डा. गोविन्दराज पोखरेल, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेताहरु भरत बहादुर खड्का, जगदीश्वरनरसिंह  केसी, रंजित कर्ण, रिता साही, डा. सीता घिमिरे, विजुला वर्मा, अच्युत पौडेल, महेश खरेल लगायतले सम्वोधन गरेका थिए । पार्टीको सही र शीघ्र रुपान्तरणले मात्र कांग्रेसलाई जनताको कांग्रेस बनाउने उनीहरुको दाबी थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com