२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

वाणिज्य बैंकहरूले असोजका लागि सार्वजनिक गरे नयाँ ब्याजदर

काठमाडौँ- असोज महिनाको लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ । कतिपय बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

वाणिज्य बैंकहरूले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरूले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् । दुई महिनाको अवधिमा अधिकांश बैंकहरूको ब्याजदर बढेको छ ।

बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार वाणिज्य बैंकहरूले असोजका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

हालसम्म असोजका लागि १९ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार व्यक्तिगत मुद्धती निक्षेपमा ८ वाणिज्य बैंकले अघिल्लो महिनाको तुलना ब्याजदर घटेका छ ।

यता ७ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ । ४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । हिमालयन बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले दिने भएको छ । यस बैंकले ११.३६ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com