२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

सरकारमा रहन समाजवादी मोर्चा गठन गरिएको होइन- विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहन समाजवादी मोर्चा गठन नभएको बताएका छन्।

सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो।

शनिबार काठमाडौंमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले मोर्चाले सबै कम्युनिष्टहरूलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यक्ता समेत औंल्याए। महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले का‌ंग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे।

‘यो समाजवादी मोर्चाको उद्देश्य के होइन भने सरकारमा, मन्त्रीमा जाने, खाने। यो होइन। नेपालको अगाडि देखा परेको चुनौतिको सामना गर्न गर्ने उद्देश्यले यो समाजवादी मोर्चा खडा गरिएको छ,’ उनले भने।

महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताएका थिए। जनताको चाहनालाई प्रतिबिम्बित नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनको भनाई थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com