२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै

११ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै छन् । बुधबार तिब्बतको ल्हासा पुगेका उनी बिहीबार बिहान गङ्गा  विमानस्थल जाने र त्यहाँबाट तिब्बत एयरलाइन्सको जहाज चढेर कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि प्रस्थान गर्ने  कार्यक्रम छ ।

कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका अन्य मन्त्री लगायतका सदस्यहरू पनि छन् ।

बुधबार ल्हासामा उनले ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिर अवलोकन समेत गरेका थिए । ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन भ्रमण सोचेभन्दा बढी सफल भएको जनाएका थिए । बुधबार अपराह्न उनले  ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टी सिजाङ स्वायत्त क्षेत्रीय समिति (टिबिस) का सचिव वाङ जुछेङसँग भेटवार्ता गरेका थिए ।

अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार उतैबाट चीन पुगेका थिए । चीन भम्रण पूरा गरी उनी आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com