२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

हमासले बन्धक बनाएका इजरायलीको शव बरामद, अझै १२० जना बन्धक

तेल अभिभ । गत हप्ता चरमपन्थी समूह हमास गरेको आक्रमणका क्रममा बन्धक बनाइएका केही इजरायलीको शव शुक्रबार सेनाले गरेको जमिनी कारबाहीका क्रममा बरामद गरिएको त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् ।

हारेत्ज र जेरुसेलम पोस्टले इजरायली डिफेन्स फोर्सले फेला पारेको शव इजरायलमा फर्काउने तयारी गरिरहेको उल्लेख गरेको छ । यद्यपि, शवको संख्या भने खुलाइएको छैन ।

यता, इजरायली डिफेन्स फोर्सका अनुसार हाल गाजामा हमासले अझै १२० जना सर्वसाधारणलाई बन्धक बनाइरहेको छ । सामाजिक सञ्जाल एक्सबाट आईडीएफले यसबारे जानकारी दिएको हो ।

इजरायली सेनाले गाजा क्षेत्रमा जमिनी कारबाही सुरु गरेको छ । इजरायली सेनाले गाजामा ‘आतंकवादी अड्डाहरू र पूर्वाधारहरू नष्ट गर्न’ गाजामा छापा मारेको बताएको छ। इजरायली सेनाले पनि बन्धकहरूलाई राखिएको ठाउँहरूको पहिचान गर्न मद्दत गर्ने जानकारी सङ्कलन गरेको जनाएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com