२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

दसैं बक्स अफिसमा ‘भष्मे डन’को उत्साहजनक ओपनिङ

काठमाडौँ । बिपिन कार्की स्टारर ‘भष्मे डन’ले दशैं बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । शनिबार देशब्यापी रिलिज भएको फिल्मका शोज खचाखच छन् ।दोस्रो दिन आइतबार पनि फिल्म घरेलु बक्स अफिसको शीर्षस्थानमा छ । निर्माताले ‘बम्पर’ ओपनिङ भएको बताएका छन् ।

सातवर्षअघि रिलिज भएको ‘पशुपति प्रसाद’को स्पिन–अफको रुपमा रिलिज भएको फिल्मले एड्भान्स टिकट बिक्रीमा पनि उत्साहजनक ट्रेन्डलाई आत्मसात गरेको थियो । शनिबार र आइतबार दुबै दिनको अकुपेन्सी उच्च देखिएको छ ।

क्यूएफएक्स, आइएनआइ, बिग, वान सिनेमाजसहित मोफसलका आउटलेटमा पनि फिल्मको दर्शकीय फुटफल उच्च रहेको निर्माताले जनाएका छन् । दशैंलाई फिल्मको ब्यवसायिक कोणबाट राम्रो अवसर मान्न सकिन्छ । त्यो ‘फेस्टिभ मुड’लाई भष्मे डनले आत्मसात गरेको मूल्यांकन गरिएको छ ।

दशैं बिदाको अवधिभर ‘भष्मे डन’लाई राम्रो कमाइको मौका छ । यदि ‘वर्ड अफ माउथ’को मद्दत मिलेमा फिल्मले घरेलु बक्स अफिसमा उत्साहजनक कमाइ गर्न सक्छ ।

निर्माताले ‘भष्मे डन’को पहिलो दिनको कमाइ २ करोड ४० लाख रुपैयाँ रहेको बताएका छन् । तर, चलचित्र विकास बोर्डले फिल्मको आधिकारिक कमाइ सार्वजनिक गरेको छैन । बोर्ड प्रवक्ता केएल बुढाथोकीले दशैं लगत्तै सबै फिल्मको बक्सअफिस डेटा सार्वजनिक हुने बताए ।

‘भष्मे डन’ फिल्मको कास्ट एण्ड क्रिउ पनि हल-हलमा पुगेर दर्शकीय प्रतिक्रिया बुझिरहेका छन् । निर्माता खगेन्द्र लामिछाने, निर्देशक दीपेन्द्र के खनाल, कलाकारहरु स्वस्तिमा खड्का, बिपिन कार्की, सौगात मल्ल लगायत शनिबार दिउँसो हलमा पुगेर दर्शकसँगै फिल्म हेरेका थिए ।

‘भष्मे डन’ पशुपति प्रसादको मुख्य मध्येको पात्र भष्मे डनमा आधारित छ । गुण्डा चरित्रको सकारात्मकतातर्फको रुपान्तरणको बटमलाइनमा बनेको फिल्ममा अभिनेता कार्की भष्मे डनको पात्रमा छन् । सौगात र स्वस्तिमा पशुपति प्रसाद श्रृंखलाका नयाँ कलाकार हुन् ।

रिलिजअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्माता तथा पटकथाकार लामिछानेले पशुपति प्रसादलाई युनिभर्स शैलीमा बनाउने सोच सार्वजनिक गरेका थिए ।

बिहीवारदेखि मध्यपूर्वमा रिलिज तयारीमा

नेपाल रिलिजको पाँच दिनपछि ‘भष्मे डन’ मध्यपूर्वमा रिलिज हुँदैछ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्मलाई युएई, कतार, बहराइन र कुवेतमा रिलिज गर्दैछ ।

मध्यपूर्वका ठूला चेनहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म प्रदर्शन हुने वितरक रमेश ढकालले जनाए । यी मल्टिप्लेक्सका मुख्य गेटमा ३/३ मिटरका फ्ल्याट स्ट्यान्ड लगाएको उनले जनाए । ‘यो मार्केटिङ नेपालका लागि सफलता हो’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com