२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

राष्ट्रसंघीय महासचिव गुटेरेसले ओली र देउवालाई संसद भवनमा भेटवार्ता गर्ने

काठमाडौं – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट औपचारिक संवाद सुरु गर्नेछन् ।

गए राती १ बजे नेपाल आइपुगेका महासचिव गुटेरेसले आफ्नो भ्रमणको पहिलो दिनमा नै अर्थात आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबारमा भेटवार्ता गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भने सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन्। ​

यसैबीच, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसले शिष्टचार भेटवार्ता गर्नेछन्  ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com