२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

१६ जना स्वास्थ्यकर्मी लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । आज बिहान प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

१६ जना स्वास्थ्यकर्मी, औषधि र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र गएका हुन् ।

घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीन वटै निकाय परिचालन भएको प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्डले घाइतेको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गरेका छन् ।

भूकम्पले जाजरकोटमा ३७ जनाको मृत्यु भएको पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए । त्यस्तै रुकुम पश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com