२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

भूकम्प प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्रीले भने : भोलिदेखि राहत र पुनर्स्थापनामा लाग्छौं

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा सरकारले जे गर्नुपथ्र्यो, त्यो गरेको बताएका छन् ।

शनिबार जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि नेपालगञ्ज आइपुगेका प्रधानमत्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे भने घाइतेहरुको स्वास्थ्यलाभको कामना गरे ।

मृतकको संख्या १५० आसपास पुगेको, सयौं घाइते भएको र हजारौं घरमा क्षति पुगेको भन्दै उनले भने, ‘आजको दिनमा सरकारको तर्फबाट जे गर्नुपथ्र्यो, गरिएको छ ।’

भोलिदेखि राहत तथा पुनस्र्थापनामा जुट्ने उनले बताए । ‘भोलि विहान ८ बजे मन्त्रिपरिषद्को बैठक बोलाइसकेको छु, त्यसपछि विपद् व्यवस्थापनको बैठक बसेर राहत र पुनःस्थानाको काममा लाग्छौं’, प्रधानमन्त्री प्रचण्डले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com