२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

यू-१९ एशिया कप : आज नेपालले भारतसँग भिड्दै

काठमाडौँ- युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरू हुने छ ।

यस प्रतियोगितामा नेपालले आफ्ना सुरूका दुवै खेलमा हार ब्यहोरेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार ब्यहोरेको छ भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हार ब्यहोरेको थियो ।

त्यस्तै समुह ‘ए’मा रहेको भारतले भने दुईमध्ये एक खेलमा जित हासिल गरेको छ एक खेलमा हार ब्यहोरेको छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ८ विकेटको हार ब्यहोरेको थियो ।

त्यस्तै आज समुह ‘ए’ अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीच खेल हुँदैछ । यो खेल पनि नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि नै सुरू हुँदैछ ।

समुह ‘ए’ मा पाकिस्तानले दुई खेलमा दुवै खेल जितेर ४ अंक हासिल गरेको छ भने भारत र अफगानिस्तानले २-२ खेलमा एक एक खेल जितेर २-२ अंक हासिल गर्दै दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेपालले भने दुवै खेलमा हार ब्यहोरेर अंकविहीन रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com