२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

मेलम्चीको पानी काठमाडौँ आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिनाभित्र काठमाडौँमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताएका छन् ।

मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले मेलम्चीको पानी उपयोग गर्न नपाएको गुनासो आफूले सुनिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि आफूले सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए । मेलम्ची खानेपानीको समस्याबारे आफूले सबै सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि काम अघि बढाएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

उनले भने, ‘मेलम्चीको पानी काठमाडौँ आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ । १७ करोड लिटर पानी एक महिना भित्र सुन्दरीजलमा पुर्याउने लक्ष्यसहित २८ दिनको कम्प्याक्ट योजनासहित अहिले म काम गरिरहेको छु । मेलम्चीको दोस्रो चरणको आयोजनाबारे पनि संवाद जारी छ । त्यतिमात्रै होइन खानेपानीसम्बन्धी काम गर्ने निकायको संरचनागत सुधार गर्नेतर्फ प्राथमिकता रहनेछ ।’

प्रधानमन्त्री दाहालले खानेपानीसम्बन्धी काम गर्ने निकायको संरचनागत सुधार गर्ने कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com