२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

माओवादीको सुदूरपश्चिम प्रदेश सचिवालय गठन, डिलाराम आचार्य संयोजक

धनगढी । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव डिलाराम आचार्यको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सचिवालय गठन गरेको छ ।

सचिवालय सदस्यमा स्थायी समिति सदस्य खगराज भट्ट, केन्द्रीय सदस्य हरिलाल ज्ञवाली, हेमराज भट्टराई, नेपबहादुर चौधरी, बीरमान चौधरी, लक्ष्मणदत्त जोशी, बिना मगर, त्रिलोचन भट्ट र शरद सिंह भण्डारी छन् । यो सचिवालयमा प्रदेश अध्यक्ष पदेन सदस्य रहन्छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देवबहादुर गुरुङले प्रदेश इञ्चार्ज र अध्यक्षलाई पठाएको पत्रमा पार्टीको कामलाई व्यवस्थित गर्न सचिवालय गठन गर्ने व्यवस्था भए पनि सुदूरपश्चिममा लामो समयदेखि गठन हुन नसकेकाले अर्को व्यवस्था नहुँदासम्मका लागि सचिवालय गठन गरेको उल्लेख छ ।

१७ फागुन २०७८ मा माओवादीले सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न गरेको थियो । त्यसयता प्रदेश सचिवालय गठन हुन सकेको थिएन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com