२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सरकारले ल्यायो भिजिट भिसामा जानेलाई नयाँ निर्देशिका, १७ बुँदे खारेज

काठमाडौँ– सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई खुकुलो बनाएको छ । भिजिट भिसामा विभिन्न मुलुक जान चाहनेका लागि सरकारले ६ बुँदे नयाँ निर्देशिका जारी गरेको छ ।

निर्देशिकामा राहदानीको समयावधि छ महिनाको हुनुपर्ने छ । हवाई मार्गको दुईतर्फी टिकट हुनुपर्नेछ । होटलमा बस्ने बुकिङ गरेको प्रमाण वा नातेदारकोमा जाने नाता सम्बन्ध खुल्ने आवश्यक कागजात हुनुपर्नेछ उल्लेख छ ।

न्यूनतमा पाँच सय डलर हुनुपर्नेछ । भिजिट भिसामा गएर फर्कनेछु भनेर स्वघोषणा पत्र पनि भिजिट भिसामा जानेले देखाउनुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख गोगन बहादुर हमालले जानकारी दिए ।

नयाँ निर्देशिका भोलिबाट कार्यान्वयनमा आउने हमालले इकागजलाई जानकारी दिए ।

नयाँ निर्देशिकाले भिजिट भिसामा जाने नेपालीका लागि सहज हुने उनले विश्वास व्यक्त गरे । ‘चार महिनादेखि पुरानो १७ बुँदे निर्देशिका खारेज हुनुपर्छ भनेर लागिरहेको थिए,’ उनले भने,’ मन्त्रालयबाट स्वीकृति भइसकेको छ ।’

यसअघिको भिजिट भिसासम्बन्धी १७ बुँदे निर्देशिका अव्यवहारिक भएको भनेर चौतर्फी आलोचना भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com