२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

आर्मी फाइनलनजिक पुग्दा सुदूरपश्चिमका भोजराजको ६ विकेट गयो खेर

काठमाडौँ- सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमलाई ९७ रनले पराजित गर्दै आर्मीले फाइनलको सम्भावना बलियो बनाएको हो ।

जारी प्रतियोगितामा ८ खेल खेलेको आर्मीले १२ अंक जोडेको छ । यता ९ खेल खेलेको बागमती प्रदेशको १२ अंक भएपनि नेट रनरेटका आधारमा आर्मी दोस्रो स्थानमा उक्लिएको छ । यता खेलेको ७ वटै खेल जित्दै नेपाल पुलिस क्लब भने शीर्ष स्थानमा रहेर फाइनल पुगिसकेको छ ।

यता ७ खेल खेलेको सुदूरपश्चिमको भने यो तेस्रो पराजय हो । उसले ८ अंक जोडेको छ ।

सोमबारको खेलमा २ सय ६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४० ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ६५ रनमात्र जोड्न सक्यो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ६८ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।

सुदूरपश्चिमको इनिङ्स धराशायी बनाउन आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ५ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको आर्मीले ४८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ६२ रन बनाए । आर्मीका लागि कुशल मल्लले ७५ तथा सन्दीप रजालीले ३७ र बसिर अहमदले ३६ रन बनाए ।

सुदूरपश्चिमका भोज राज भट्टले सर्वाधिक ६ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त भएन । नरेन साउदले ३ विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com