२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

तत्काल प्रचण्डको विकल्प छैन : बलदेव

काठमाडौँ । माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले तत्काल प्रचण्डको विकल्प नभएको बताएका छन् । पार्टीमा अहिले नै उत्तराधिकारी तोकेर जाने कुरा नहुने तर विकल्परहित अवस्था नभएको उनले स्पष्ट पारे ।

‘त्यस्तो होइन । विकल्परहित संसारमा केही हुँदैन । अहिले नै उत्तराधिकारी घोषणा गरेर जाने कुरा हुँदैन । समय सन्दर्भमा  त्यो पनि गर्न सकिएला । तर तत्काल प्रचण्डको विकल्प खोज्ने बेला भएको छैन’, बिहीबार रातोपाटीसँग उनले भने ।

फागुनको पहिलो साता विधान अधिवेशनको तयारीमा रहेको माओवादीले नीति र नेतृत्वमा बहस गर्ने भन्दा पनि साङ्गठनिक संरचना तथा प्रक्रियाको विषयमा बहस केन्द्रित हुने खनालले बताए । माओवादीले शुक्रवारदेखि स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाएको छ । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com