२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

नेप्सेमा सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक, कुन कम्पनी कुन समुहमा ? (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले सूचीकृत कम्पनीहरुको नयाँ वर्गीकरण गरेको छ । नेप्सेले कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ वर्गमा वर्गीकरण गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ पुस मसान्तसम्म अद्यावधिक विवरणअनुसार कम्पनीहरु वर्गीकरण गरेको नेप्सेले स्पष्ट पारेको छ ।

चुक्ता पूँजी कम्तीमा १ अर्ब रहेको, सूचीकरण भएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत ३ आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको जस्ता शर्तहरु पूरा गर्ने कम्पनीहरु ए वर्गमा पर्ने गर्छन् । समग्रमा उत्कृष्ट सुशासन भएका कम्पनी ‘ए’ समूहभित्र पर्दछन् । सो ‘ए’ वर्गभित्र ३१ वटा कम्पनी परेका छन् ।

त्यस्तै चूक्ता पूँजी कम्तीमा ५० करोड भएका, सूचीकरण भएको ३ वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्षमध्ये दुई आर्थिक वर्ष नाफा गरेको, संचित नोक्सानी नरहेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरेको जस्ता शर्त पूरा गरेका कम्पनी बी समूहभित्र पर्दछन् । यस समूहभित्र नेप्सेले ३५ वटा कम्पनीलाई राखेको छ ।

त्यस्तै सूचीकृत भएको २ वर्ष पनि पूरा नभएका कम्पनी जी समूहमा पर्दछन् भने अघिल्ला ३ समूहमा नपरेका सबै कम्पनी जेड समूहमा पर्दछन् । जी समूहमा ७० र जेड समूहमा १३५ कम्पनीहरु परेका छन् ।

वर्गीकृत कम्पनीहरूको सूची :

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com