२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस् : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै परियारले ख्वप विश्वविद्यालयको विधेयक तत्काल ल्याउन आग्रह गरेका हुन् ।

उनले शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको भन्दै प्रश्न गरे । उनले ख्वप विश्वविद्यालयले देशभरका विद्यार्थीहरूलाई न्यून शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको पनि चाप बढिरहेको दाबी गरे ।

उनले भने, ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औँ वर्षमा लागिसकेको छ । देशभरबाट ४० हजार भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । सरकार समाजवादउन्मुख भन्छ, शिक्षा महँगो छ । ख्वप कलेज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज हो । त्यसले न्यूनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेका छन् । विभिन्न औपचारिक, अनौपचारिक छलफलमा पनि प्रधानमन्त्रीज्यूलाई ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइदिन आग्रह गरेको थिएँ । शिक्षा नेपालको मेरुदण्ड हो । विकासको मेरुदण्ड हो । ख्वप कलेजमा पढ्नेको सङ्ख्या बढ्दो छ । शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक ल्याउनुहुन्छ तर ख्वप विश्वविद्यालयको विधेयक किन ल्याउनु हुन्न । तत्काल विधेयक ल्याइयोस् ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com