२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

राष्ट्रपति पौडेलसँग अमेरिकी युएस इन्डो-प्यासिफिक कमान्डरको भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो-प्यासिफिक कमान्ड कमान्डर एडमिरल जोन सी अक्यैलिनोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

उक्त भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रही आएकामा खुसी व्यक्त गरेका थिए ।

साथै उनले विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकका रूपमा रहेको कुराले गौरवान्वित भएको बताएको राष्ट्रपति पौडेलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com