२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्न लागेको हो ।

यसअघि गत फागुन २८ गते बोलाइएको स्थायी समिति बैठक स्थगित गरिएको थियो ।

बैठकमा पार्टीको विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीले सन्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विषयमा छलफल हुने छ ।

बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, एमाले–रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com