पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो

पोखरा- पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग १ ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो ।
बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।