२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

नेपाल टेलिकम र एनआइटिभी नेपालबीच सम्झौता

नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआइटिभी नेपालबीच एक सम्झौता सम्पन्न भएको छ।

नेपाल टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पुर्‍याउनका लागि एनआइटिभी नेपालले आवश्यक भूमिका निर्वाह गर्नेछ।

दुवै पक्षबीच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तर्क्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ।

बिहीबार यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआइटिभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गरे।

आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवा वारेमा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्‍याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्त्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने अपेक्षा गरिएको छ।

यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत् सेवाग्राहीसँग अन्तर्क्रिया गर्ने कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्ने बताइएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com