२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

कांग्रेसको प्रश्न- गल्ती छैन भने भने छानबिनको लागि किन तयार नभएको ?

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरूले उठेर संसद्‌मा अवरोध गरेका थिए ।

सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भएको दाबी गरेका थिए । सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउँदै संसदीय छानिबन आवश्यक रहेको बताए ।

सांसद खतिवडाले आफूहरूका माग सरकारले नसुनेको बताउदै सहकारीको एक अर्बभन्दा बढी गोरखा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने रहेकाले छानबिनको माग आफुहरूले गरेको बताए ।

उनले आफुहरूले कसैप्रति पूर्वाग्रह नराखेको बताउँदै गल्ती छैन भने भने छानबिनको लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com