२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

समाजवाद नै नेपालको निकास हो : विप्लव

सुर्खेत । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद नै नेपालको निकास भएको बताएका छन् ।

बिहीबार वीरेन्द्रनगरमा आयोजित नेपाली विशेषताको समाजवाद अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको भविष्य पनि समाजवाद नै रहेको बताए ।

उनले भने, ‘समाजवाद लागू हुनुपर्छ, त्यो सिद्धान्तबाट व्यवहारमा रूपान्तरण हुनुपर्छ ।’ समाजवाद हेर्ने चाहना सबैको रहेको पनि उनले बताए ।

अहिले पनि केही रूपमा समाजवाद भएको भन्दै उनले यो समाजवादप्रति कोही पनि सन्तुष्ट नभएको बताए ।  ‘जीवनमा प्रयोग हुने समाजवाद चाहिएको छ,’ उनले भने, ‘किसान वर्गसम्म समाजवाद पुगेको हुनुपर्छ ।’ उनले नेपालमा एउटा एकीकृत खालको समाजवाद आवश्यक भएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com