२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

कतारका राजाले दिए नेपाल सरकार र जनतालाई धन्यवाद

काठमाडौँ – कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन् ।

अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचीन इतिहासको केही अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरु र आम जनतालाई धन्यवाद दिएका हुन् ।

उनले भ्रमणका क्रममा आफूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आर्थिक सम्बन्धलाई विकास गर्ने र द्विपक्षीय सहयोगलाई माथिल्लो स्तरमा पुर्‍याउने विभिन्न साझेदारहरूसहित सुदृढ गर्ने बारे छलफल भएको बताएका छन् ।

अमिर थानी आफ्नो दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्किएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com