२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : शशाङ्क कोइराला

नवलपरासी- नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उनले प्रतिबद्धताअनुसार काम भइरहेको बताए । ‘मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन् । बाँकी प्रतिबद्धता पूरा गर्न म कटिबद्ध भएर लाग्ने छु,’ उनले भने ।

नारायणी नदी तटबन्धसहितको हरित सडक, बीपी अन्तर्राष्ट्रिय रङ्गशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको उनको भनाइ थियो ।

डा कोइरालाले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए । ‘नेपालको समृद्धिका लागि प्रचुर सम्भावनाका रूपमा रहेको कृषि क्षेत्रमा बजेट घट्दै गएको छ । अहिले कुल बजेटको पाँच प्रतिशतका हाराहारीमा यस क्षेत्रको बजेट खुम्चिएको छ । अब कृषि क्षेत्रबाट परिवर्तन ल्याउन सोच परिवर्तन गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com