२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक अहिले बिहान १० बजे संसद भवन बानेश्वरमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । सत्ता घटक जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनु परेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com