२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

अस्थायी मतदाताको अन्तिम सूची प्रकाशन हुँदै

अस्थायी मतदाताको अन्तिम सूची प्रकाशन हुँदै

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने भएको छ ।
निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अस्थायी मतदाताको व्यवस्था गरेको हो । सो प्रयोजनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नामावली सङ्कलन गरी आयोगको प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए ।

अस्थायी मतदाता सूचीमा समावेश हुन सम्बन्धित व्यक्तिको नाम मतदाता सूचीमा रहेको हुनुपर्ने भएकाले सङ्कलन भएका नामावलीको प्रमाणीकरण भइरहेको छ । हालसम्म एक लाख एक सय ५२ मतदाता अस्थायी नामावलीका लागि प्रमाणीकरण भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com