वाइसीएल नेपाल धादिङ जिल्ला अध्यक्षमा नबराज मजाकोटी सहित आधा दर्जन आकांक्षी

काठमाडौँ । माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको धादिङ जिल्ला भेला आज हुँदैछ।
अध्यक्ष पदका आकांक्षीमा निलकण्ठ नगरपालिका वडा नं. १२ का नवराज मजकोटी सहित आधा दर्जनको दावी रहेको छ।
मजकोटी वाइसीएल बाग्मती प्रदेश सदस्य नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य हुन। २०७९ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष मा चुनाव लडेर हार बेहोरेका उनी वाइसीएलमा संस्थापन काल देखि हाल सम्म बिभिन्न्न काल खण्डमा जेलनेल भोगेका आन्दोलन, संघर्षमा निरन्तर सक्रिय भई जनताको सेवामा दिनरात नभनी न्याय प्रशासन अस्पताल बिकास निर्माण मा सेवा दिदै आएका छन त्यसैले ग्राउन्ड उनको बलियो रहेको छ तर संगठनमा सक्रिय भएता पनि नेताको चाप्लुसी नगर्ने उनको त्यो नैतिकताले पछि पर्न सक्ने उनी बताउछन।



