२०८२ असार १० - Tue Jun, 2025 -

Janasewa News

सातै प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्र विकास गरिने

१५ जेठ, काठमाडौं । सरकारले सातै प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्र विकास गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

‘कोशीलाई उद्योग, मधेश प्रदेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटनको आर्थिक हब बनाइने छ’– बजेटमा उल्लेख छ ।

आर्थिक क्षेत्रका सम्भावित क्षेत्र समेटी एकीकृत विकासलाई नमुना विकास अभियान सञ्चालन गरिने उनले बताए । जसअनुसार भरतपुर, बुटवल, पोखरा र भरतपुरलाई तीन कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको छ ।

यसअन्तर्गत पर्ने नारायणगढ–बुटवल–मुग्लिङ पोखरा सडक खण्ड विस्तार आगामी आवभित्र पूरा गरिने उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com