२०८१ चैत्र ९ - Sat Mar, 2025 -

Janasewa News

पञ्चकन्या गाउँपालिकाले ल्याए ४७ करोड ३६ लाखको बजेट

 

नुवाकोटको पञ्चकन्या गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ४७ करोड ३६ लाख ३८ हजारको बजेट विनियोजन गरेको छ ।

असार १० गते १६ औँ गाउँ सभामा उपाध्यक्ष विमला केसीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा चालुतर्फ २८ करोड ९३ लाख ८ हजार र पुँजीगत तर्फ १८ करोड ४३ लाख ३० हजार रुपैयाँ रहेको छ।

यस्तै आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये गाउँपालिकाको आन्तरिक राजश्वबाट ८० लाख, स्थानीय राजश्व बाँडफाँडबाट ३७ लाख, सङ्घीय वित्तीय हस्तान्तरणबाट रु. ३५ करोड ४३ लाख, प्रदेश वित्तीय हस्तान्तरण बाट रु ७ करोड ७५ लाख ५२ हजार ४ सय अन्य स्रोतबाट २ करोड ५२ लाख ७७ हजार ८ सय रहेको पालिकाकी उपाध्यक्ष केसीले बताइन् ।

यस्तै अध्यक्ष तेजबहादुर तामाङले नीति कार्यक्रम प्रस्तुत गरेका थिए । नीति कार्यक्रममा गाउँपालिका क्षेत्रभित्रको खेतीयोग्य जमिनमा थप सिँचाइ सुविधा उपलब्ध गराउन जोड दिई “जग्गा बाँझ नराखौँ, कृषि कर्मलाई सम्मान गरौँ” भन्ने सोच अनुरूप बाँझो जमिन राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा कृषि तथा पशुपालन सम्बन्धी प्राविधिक परामर्श उपलब्ध गराउन बजेट छुट्ट्याएको छ ।

कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिई कृषि व्यवसायको आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणमा जोड दिइनेछ। यसका लागि लागत साझेदारीमा कृषकहरूलाई आधुनिक कृषि औजार उन्नत बीउ, मल, प्लास्टिक टनेल लगायतका सामाग्री उपलब्ध गराइने बताइएको छ ।

गाउँपालिका क्षेत्रमा फलफूल तथा तरकारी सङ्कलन केन्द्र स्थापना गर्न प्रोत्साहन गरिनेछ ।

सामूहिक खेती, करार खेतीको अवधारणालाई कार्यरुपमा उतार्न व्यावसायिक रूपमा कृषि पेसालाई निरन्तरता दिन गाउँपालिका भित्रका कृषक, कृषक समूह एवं कृषि सहकारी यसमा गैससलाई तरकारी खेती, फलफूल खेती सम्बन्धी वडा स्तरीय क्षमता विकास कार्यक्रम सञ्चालनका लागि बजेट छुट्ट्याएको छ ।

माटो जाँचका लागि माटो ल्याबको स्थापना, कृषकको ग्राहक स्थानीय सरकार ‘न्यूनतम समर्थन मूल्य, बेरेजगारीलाई माटो उपहार’ खेतबारीमा प्राविधिक सेवा उत्पादनमा टेवा कृषि विकास मार्फत रोजगारी सृजना र गरिबी निवारण गर्ने लक्ष्य प्राप्तिका लागि यस क्षेत्रमा रु. ७० लाख बजेट विनियोजन गरिएको
छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com